हङकङमा टिकटक नचल्ने



बेइजिङ, (एजेन्सी)
चीनले हालै नयाँ सुरक्षा कानुन लागू गरेको विशेष प्रशासकीय क्षेत्र हङकङलाई टिकटकले आफ्नो सेवाबाट अलग्याउने भएको छ । टिकटकका प्रवक्ताले पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्यनजर राख्दै टिकटक एपको सेवा हङकङमा रोकिन लागेको बीबीसीलाई जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले केही दिनमै टिकटकले आफ्नो निर्णय कार्यान्वयन गर्न लागेको जनाएको छ । यसैगरी यसै साता फेसबुक र ट्विटरले हङकङ प्रहरीका लागि सूचना प्रयोगमा सहयोग रोकन लागेको जनाएका छन् । चीनको मुख्यभूमिस्थित बायट डान्सले बाहिर आफ्नो विश्वव्यापीरूपमा दर्शक बढाउने उद्देश्यले छोटो खालको भिडियो एप बनाएको छ ।

चीनभित्रै पनि यस कम्पनीले दोयिन नामक छोटो खालको भिडियो सेयसरंग एप चलाइरहेको छ । वाल्ड डिस्नीका पूर्वकार्यकारिणी अधिकृत तथा हाल टिकटक सञ्चालन गर्दै आएका केभिन मेयरले विगतमा एपको युजर डाटा चीनमा स्टोर नगरिएको बताएका थिए ।

चीनबाट हङकङमा लगाइएको नयाँ सुरक्षा कानुनले त्यहाँको पृथक् स्वतन्त्रतामा आँच आउने भन्दै सर्वत्र यसको आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्