रोल्पामा आईटीएफ तेक्वान्दो हुने



नेपाल समाचारपत्र, काठमाडौं
रोल्पा आईटीएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा रोल्पामा प्रतियोगिता आयोजना गर्न लागेको छ ।

दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो (आईटीएफ) प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०२० हुने भएको हो । कोरोना भाइरस (कोभिड(१९)को बढ्दो प्रकोपसँगै विभिन्न खेलकुद गतिविधि रोकिएका छन । यद्यपि विकल्पका रूपमा अनलाइनमार्फत खेल खेलाउने प्रचलन बढ्दै गइरहेको छ ।

यही समयमा विश्वमा विभिन्न खेल प्रतियोगिताहरू अनलाइनबाटै आयोजना गरिएको छ । यसै क्रममा दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो आईटीफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०२० आयोजना गर्न लागेको हो ।

यस आयोजनाले सम्पूर्ण खेलाडीहरूले लकडाउनको समयमा पनि घरमै अभ्यास गरी आफूहरूलाई मानसिक तथा शारीरिक रूपमा फिट, तन्दुरुस्तका साथै क्रियाशील बनाइराख्न थप सहयोग पुग्ने आयोजकको विश्वास छ । यस प्रतियोगितामा तेक्वान्दोका हरियो पेटीदेखि रातो पेटीसम्मका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।

खेलाडीहरूले वनह्यो तुल प्याट्रन र आफूले इच्छ्याएको एउटा प्याट्रन गरी जम्मा दुईवटा प्याट्रनको भिडियो तेक्वान्दो संघलाई असार १ गतेदेखि असार २० गतेभित्र पठाउनुपर्नेछ । उक्त प्रतियोगिताको नतिजा प्रकाशन असार २५ गते हुने आयोजकले जनाएको छ ।

खेलाडीहरूले पठाएको भिडियो नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरूले भिडियो कन्फेरेन्स मिटिङमार्फत प्रतियोगीहरूको भिडियो हेरेर पाएको प्राप्तांकलाई छलफलमार्फत निर्णय गरेर महासंघस“गको सहकार्यमा नतिजा प्रकाशन गर्नेछ र उक्त प्रतियोगितामा पहिलो हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार ५ सय र तेस्रो हुनेले २ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्