नेकपा स्थायी कमिटी बैठक स्थगित



न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको छ ।

गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ ।

पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।

दुई अध्यक्ष एक्लाएक्लै छलफल गरेपनि सहमति भने भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्