हंगकंगमा पनि टिकटक नचल्ने



बेइजिंग,(एजेन्सी)

चीनले हालै नयाँ सुरक्षा कानुन लागु गरेको विशेष प्रशासकिय क्षेत्र हंगकंगलाई टिकटकले आफ्नो सेवाबाट अलग्याउने भएको छ । टिकटकका प्रवक्ताले पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्य नजर राख्दै टिकटक एपको सेवा हंगकंगमा रोकिन लागेको विविसिलाई जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार निकाय ररोयटर्सले केहि दिनमै टिकटकले आफ्नो निर्णय कार्यान्वयन गर्न लागेको जनाएको छ । यसैगरी यसैसाता फेसबुक र टिवटरले हंगकंग प्रहरीका लागि सूचना प्रयोगमा सहयोग रोकन लागेको जनाएका छन् । चीनको मुख्यभुमि स्थित बायट डान्सले बाहिर आफ्नो विश्वव्यापि रुपमा दर्शक बढाउने उद्देश्यले छोटो खालको भिडियो एप बनाएको छ ।

चीन भित्रै पनि यस कम्पनीले दोयिन नामक छोटो खालको भिडियो सेयसरंग एप चलाइरहेको छ । वाल्ड डिस्नीका पुर्व कार्यकारिणी अधिकृत तथा हाल टिकटक संचालन गर्दै आएका केभिन मेयरले विगतमा एपको युजर डाटा चीनमा स्टोर नगरिएको बताएका थिए ।
चीनबाट हंगकंगमा लगाइएको नयाँ सुरक्षा कानुनुले त्यहाँको पृथक स्वतन्त्रतामा आँच आउने भन्दै सर्वत्र यसको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्