मन्त्रिपरिषद्को बैठक वालुवाटारमा सुरु, नयाँ आईजीपी नियुक्त गर्ने

न्युज अफ नेपाल, काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक वालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीमा नयाँ महानिरीक्षको नियुक्ति गर्ने बताइएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उमेर हदको कारण अनिवार्य अवकाश पाउने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो । आज गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रलाई बनाउन मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्