नयाँ आइजीपीमा शैलेश थापा क्षेत्री सिफारिस



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो । गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो ।आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ ।

संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् ।आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् । उनलाई आइजीपी बनाउनका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सिफारिस गरेको बुझिएको छ ।गृह मन्त्रालयले सिफारिस गरेपनि प्रधानमन्त्रीले नचाहेमा सिफारिस फेरिने गरेको विगत पनि छ ।

प्रतिक्रिया दिनुहोस्