सधैँ जवान बनाइराख्ने हर्मोन पत्ता लाग्यो



न्युयोर्क (एजेन्सी) ।

सँधै युवावस्था अर्थात जवान भएर बस्ने सबैको चाहना हुन्छ । तर उमेरसँगै बृद्ध हुँदै जानु पर्ने प्राकृतिक र जैविक नियम नै हो । तर वैज्ञानिकहरुले मानव बृद्ध हुँदै जानुको रहस्य हड्डी भित्र लुकेर बसेको पत्ता लगाएका छन् ।

कोलोम्बिया युनिभर्सिटीको जेनेटिक्स विभागका प्रमुख प्रोफेसर गेर्रार्ड कारसनेन्टी विगत ३० बर्षदेखि हाड भित्रको यो रहस्य जान्न शोधमा लागिरहेका हुन् ।

उनले हाडमा उत्पन्न हुने एक प्रकारको हर्माेन अस्टियोकल्सिनको अनुसन्धानका क्रममा यसले हाड भित्र पुराना कोष हटाएर नयाँ कोष लगातार बनाउने काम गरिरहेको पत्ता लगाए । जसले हाम्रो उचाई बढाउँछ । यसका लागि उनले मुसामा उक्त हर्मोनको जीन निकालेर अनुसन्धान गरे ।

यसले हाड भित्रको यो हर्मोनले पनि हाम्रो शरीरको कयौं क्रियाहरुलाई प्रभावित पार्ने पत्ता लाग्यो । प्रोफेसर कारसेन्टीलाई पहिला हाडको ढाँचाले हाम्रो शरीर उभिनमात्र मद्दत गर्छ भन्ने लागेको थियो तर त्यसतो होइन । हाडले यो भन्दा धेरै क्रियालाई प्रभावित पार्ने पछिल्लो अनुसन्धानबाट पत्ता लागेको छ ।

हाड भित्रको कोष हाम्रो शरीरका अन्य कोषसँग सहकार्य गर्छ । हाडले आफनो हर्माेन बनाउँछ, जसले अन्य अंगसम्म संकेत पठाउने काम गर्छ । यसको मद्दतबाटै हामी ब्यायाम गर्छौं । यसबाट बद्ध हुनबाट रोक्ने र स्मरण बढाउनमा मद्दत पुर्याउँछ ।

बृद्ध हुन नदि शरीरमा अस्टियोकेल्सिन बढाउने बाहेक अर्को कुनै विकल्प नभएको प्रोफेसर कारसेन्टी बताउँछन् । नियमित ब्यायामले हड्डी आफै अस्टियोकेल्सिन बनाउन थाल्छ । वैज्ञानिक अस्टियोकेल्सिनको औषधी बनाउनमा लागेका छन् ताकी यो हर्मोन लामो समयसम्म शरीरमा रहेर बृद्ध हुने रोगबाट बचाउन सकुन् ।

यसबीच युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका वैज्ञानिकहरुले बृद्ध मुसामा गरिएको एक शोधबाट नयाँ तथ्य पत्ता लगाएका छन् । रक्त प्लाज्माको आधा हिस्सा निकालेर त्यसको स्थानमा सलाइन र एल्ब्युमिनमा रुपान्तर गर्नुले उमेर बढ्ने प्रक्रिया उल्टिने गरेको पाइएको छ ।

यसले मांसपेसी, मस्तिष्क र कलेजोका कोषलाई पुन जवान हुन थाल्छ । अनुसन्धान टोली अब संशोधित ब्लड प्लाज्मा उमेरसँग सम्बन्धित रोगको उपचारमा मानवका लागि उपयोगी हुनेछ वा हुँदैन भन्ने निष्कर्ष निकाल्नमा लागेका छन् । साथै बृद्धहरुको स्वास्थ्यलाई लिएर यो प्रविधि कति फाइदाजनक हुने छ त्यसको पनि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्