पूर्व सभामुख रानाभाटलाई मातृशोक



न्युज अफ नेपाल, पोखरा ।

पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ ।

उहाँकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको आज बिहान ८:५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उहाँका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।

उहाँको जन्म १९७७ असोज महिना बिजयादशमीका दिन भएको थियो भने मृत्यु २०७७ आषाढ २३ गते भएको हो । सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उहाँको नेपाली कांग्रेस पार्टिमा अतूलनिय योगदान रहेको छ । उहाँका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट हुनुहुन्छ भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहनुभएको छ ।

स्वर्गिय रानाभाटको आज दिउँसो २:३०बजे निवासबाट शवयात्रा सहित रामघाटमा अन्तेष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्