दुर्गेश थापामाथि गीत चोरीको आरोप



न्युज अफ नेपाल, काठमाडौं ।

गायक दुर्गेश थापामाथि गीत चोरीको आरोप लागेको छ ।

थापाले हालै मात्र ‘बीच्च बीच्चमा २’ बोलको गीत सार्वजनिक गरेका थिए । सो
गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने हरफ सुन्न सकिन्छ । जो अन्तरा लोककवि अली मियाँको एक गीतमा राखिएको छ ।

सो गीतको हरफ दुर्गेशले जस्ताको तस्तै सारेपछि उनी विवादमा तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्