पाटन अस्पतालमा मृत्यु भएका एक युवाको पीसीआर रिपोर्ट पोजिटिभ



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । उनको गएराती मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु पछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले दाबी छ । २७ वर्षिय ती पुरुष भिमसेन गाउँपालिका–२ गोर्खाका हुन्

गत असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्या प्रयास गरेका ती युवकको थप उपचारका लागि पाटन अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्