चिडियाखानामा बाघ हमला



जुरिच, (एजेन्सी)

स्विजरल्यान्डको एउटा चिडियाखानामा आगन्तुक दर्शक र कर्मचारीहरूकै सामुने एउटा साइवेरियाली बाघले त्यहाँको एक महिला कर्मचारीलाई हमला गरी मारेको छ ।

जुरिच चिडियाखानमा शनिबार अपराह्न सो दुर्घटना हुँदा अन्य कर्मचारीहरू अन्ततः उनलाई बाघको खोरबाट निकाल्न सफल भए पनि ५५ वर्षीया पीडितको घटनास्थलमै मृत्यु भएको थियो ।

आपत्कालीन टोलीले उनीमाथि गरेको कृत्रिम श्वासप्रश्वास प्रक्रिया असफल भएका जुरिच प्रहरी प्रवक्ताले बताएका छन् ।

सन् २०१५ मा डेनमार्कमा जन्मेका इरिना नामक सो बाघलाई गतवर्ष मत्र जुरिचमा ल्याइएको थियो । जुरिच चिडियाखानाको इतिहासमै यो पहिलो अप्रिय घटना हो ।

चिडियाखानाका निर्देशक सेभरिन ड्रेस्सनले पीडित कर्मचारीले केही समयदेखि मात्र काम गर्न थालेको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्