मनसुन न्युन चापिय प्रणाली तराईमा

बाढी, पहिरो र डुबानबाट बच्न आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।
मनसुन न्युन चापिय प्रणाली मुलुकको तराई भूभागमा रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । यस समय मुलुकको धेरै जसो स्थानमा भारी वर्षा समेत हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको हो ।

भारी वर्षाका कारण तराईका भूभागमा पानीको वहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएकोले डुबान समेत हुन सक्ने भएकोले सतर्कता रहन विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्नेछ ।

कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको हो । यस्तै प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ । विभागले पू्र्व सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्