नेकपा नेता खनाल र राजदूत होउ यान्छीबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान खनाल निवास डल्लु मा खनाल र राजदूत होउबीच भेटवार्ता भएको हो ।

नेकपाभित्र विवाद बढिरहेको बेला राजदूत होउ भने नेकपा नेतासँगको भेटवार्तामा सकिूय रहेको देखिएको छ। यसअघि उनले नेकपाका अर्का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् । आज भएको भेटवार्ताको खास कुराकानि भने खुलाइएको छैन ।

नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले उग्र रुप लिएको हो । प्रधानमन्त्री ओलीले भने राजस्नामा नदिने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्