हावाबाटै सर्छ कोरोना भाइरस !



न्युयोर्क (एजेन्सी) ।

विश्वका सयौं वैज्ञानिकले नोवेल कोरोना भाइरस हावामै हुने सानो पार्टिकल भएको र त्यसले मान्छेलाई संक्रमित बनाउन सक्ने प्रमाणहरु भएको बताएका छन् । उनीहरुले विश्व स्वास्थ्य संगठनलाई उसको सिफारिसमा पुनरावलोकन गर्न आह्वान गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

डब्ल्युएचओले कोरोना भाइरस एक ब्यक्तीबाट अर्कोमा नाक वा मुखबाट निस्कने ससाना थुकका थोपाका माध्यमबाट फैलिने रोग भएको बताएको थियो । ती मसिना थोपाहरु कोविड १९ बाहक ब्यक्तीले खोक्दा, बोल्दा र हाछ्युं गर्दा बाहिर निस्कने गर्छ ।

उक्त विश्व संस्थाका नाम जारी गरेको एक खुला पत्रमा ३२ देशका २ सय ९९ वैज्ञानिकले हावामा हुने साना पार्टिकल एरोसोल्सबाट पनि मानव संक्रमित हुन सक्ने प्रमाणको प्रारुप तयार पारेको एनवाईटीले जनाएको छ । उनीहरुका सोध अनुसार ससाना कणहरु हावामै लामो समय रहन सक्छ । अनुसन्धानकर्ताहरुले अर्को हप्ता विज्ञान सम्बन्धी एक जर्नलमा सोधपत्र प्रकाशित गर्ने योजना बनाएका छन् ।

‘हामी लेखलाई लिएर सचेत छौं र हाम्रा प्राविधिक विज्ञहरुबाट यसका सामाग्रीको समिक्षा गराइरहेका छौं’ -डब्ल्युएचओका प्रवक्ता तारिक जसारेविकले टिप्पणीका लागि रोयटर्सको आग्रहमा इमेल जवाफ दिएको छ ।

हाछ्यु गर्दा निस्कने थुकका ठुला कण वा ससाना कणलाई जुम गर्दा यो एउटा कोठाभित्र सजिलै एक कुनाबाट अर्को कुनासम्म उडेर पुग्न सक्छ । कोठामा कुनै पनि ब्यक्तीमा स्वास लिँदा प्रवेश गरी संक्रमित हुन सक्ने वैज्ञानिकहरुले बताएको न्युयोर्क टाइम्सले जनाएको छ ।

यद्यपी उक्त स्वास्थ्य संस्थाले भाइरस हावाबाटै सर्न सक्छ भन्ने प्रमाणहरु पत्याउन गाह्रो भएको बताएको छ । विगत दुई महिना देखि नै यो संक्रमण हावा बाटै सरिरहेको हुन सक्ने सम्भावनामा ध्यान दिइरहेको तर यसलाई कुनै ठोस प्रमाणले पुष्टि नगरेको डब्ल्युएचओका प्राविधक डाक्टर बेनेडेटा अलेग्रान्जीले बताए ।

प्रतिक्रिया दिनुहोस्