बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो



मानबहादुर बोहरा, बझाङ ।

बझाङमा भिरबाट लडेर मंगलबार एक जनाको ज्यान गएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर २ कोटीगाउँका २८ वर्षिया नरेश विष्टको भिरबाट लडेर ज्यान गएको मृतकका आफन्त पुर्ण बहादुर विष्टले जानकारी दिए ।

सोमबार घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका विष्टको जिल्लामा उपचार हुन नसकि थप उपचारको लागि धनगढी लैजादै गर्दा मंगलबार बिहान बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

मृतक विष्टका १० वर्षका छोरा, ७ वर्षकी छोरी र श्रीमती छन् । मृतकको शवलाई आजै जिल्लामा ल्याएर अन्त्येष्टी गर्ने तयारी भइरहेको आफन्त विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्