आज प्रहरी महानिरीक्षक नियुक्त गरिने



न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ दल नेकपा फुटको संघारमा पुगेको छ । सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री केपी ओलीलाई हटाउन अहिले पुष्पकमल दाहाल (प्रचण्ड) माधव नेपाल र झलनाथ खनाल कम्मर कसेर लागि परेका छन ।

प्रधानमन्त्री ओली अहिले सरकार तथा पार्टीबाट राजिनामा नदिने मोडमा पुगेका छन । सत्ता संघर्ष चलिरहेको बेला आज मन्त्रिपरिषदको बैठक बस्दै छ । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको २८ प्रहरी महानिरीक्षक नियुक्त गर्ने भएको छ ।

प्रहरी महानिरीक्षककालागि हरिबहादुर पाल र शैलेश थापाबीच कडा प्रतिस्प्रर्धा देखिएको छ । पाल र थापा दुवै ब्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छन । पालले देशका बिभिन्न भागमा रहेका प्रहरी कार्यालयको नेतृत्व गरिसक्नु भएको छ ।

प्रहरी संगठनको नेतृत्व सम्हाल्न सक्ने क्षमता राख्दछन । थापा लामो समय प्रहरी प्रधान कार्यालयमा बसेर काम गरेको केही जिल्लाको नेतृत्व गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्