कोरोना भाइरस चीनबाट शुरू भएको नहुन सक्छ: अक्सफोर्ड विज्ञ



मेड्रिड, (एजेन्सी)

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस एसियामा निस्कनुभन्दा अघि अरू ठाउँमा विकसित भइसकेको प्रमाणहरू आइरहेको वैज्ञानिकहरूले बताएका छन् ।

यो भाइरस चीनबाट शुरू भएको नभएर अनुकूल वातावरणका कारण विश्वभरि फैलिएर रहेको हुन सक्ने अक्सफोर्ड युनिभर्सिटीका एक विज्ञले बताएका छन् ।

अक्सफोर्डको सेन्टर फर एभिडेन्स बेज्ड मेडिसिन (सीईबीएम)का वरिष्ठ सहायक अध्यापक तथा न्युक्यासल युनिभर्सिटीका भिजिटिङ प्रोफेसर डा. टम जेफरसनले उक्त तर्क अगाडि सारेका हुन् ।

गत हप्ता मात्रै स्पेनिस वायरोलोजिस्टले चीनमा यो रोग देखिनुभन्दा ९ महिनाअघि सन् २०१९ मार्चमा संकलन गरिएको फोहोर पानीको नमुनामा पनि उक्त विषाणु भेटिएको घोषणा गरेका थिए । त्यसै गरी इटालियन वैज्ञानिकहरूले पनि कोरोना भाइरसको पहिलो संक्रमण पत्ता लाग्नुभन्दा केही हप्ताअघि मध्य डिसेम्बरमा मिलान र टरिनको ढलको नमुनामा कोरोना भाइरसको प्रमाण फेला पारेका थिए ।

पहिल्यै रहेको, अनुकूल परिस्थितिमा सक्रिय भएको

भाइरस पहिल्यै विश्वव्यापीरूपमा छ्यापछ्याप्ती भइसकेको र अवस्था अनुकूल भएपछि मात्र संक्रमणका रूपमा व्यापक फैलिएको डाक्टर जेफरसनले विश्वास व्यक्त गरेका छन् । यसको अर्थ यो जसरी यति छिटो देखिएको हो त्यसै गरी बिलाएर जानेछ ।

‘सार्स १ कहाँ गयो? यो विलुप्त भइसकेको छ’, उनले बताए– ‘त्यसैले हामीले यी कुराका बारेमा सोच्नुपर्छ । हामीले भाइरसको उत्पत्ति र वर्णशंकर बुझ्न भाइरस इकोलोजीको अनुसन्धान थालनी गर्न आवश्यक छ ।’

‘भाइरस पहिल्यै यहाँ थियो भन्ने मलाई लागेको छ, यहाँको अर्थ सबैतिर भन्ने हो । हामी एक निस्क्रिय भाइरस वातावरणीय अुनकूलतम परिस्थितिमा सक्रिय भएको देखिरहेका छौं ।’ –उनले बताएका छन्।

फेब्रुअरीको शुरूआतमै फकल्यान्ड आइल्यान्डमा संक्रमणको घटना भेटिएको थियो । अब त्यो कहाँबाट आयो त ? त्यतिबेला एउटा पानीजहाज मात्रै साउथ जर्जियाबाट ब्युनस आयर्स पुगेको थियो र यात्रुहरूलाई जाँच गरिएको र ८ दिनसम्म राखिएको थियो । जब उनीहरू वेडडेल सागर हुँदै यात्रामा निस्के, तिनीहरूमा पहिलो संक्रमण देखियो । के यो फ्रोजनबाट सामान्य बनाइएको तयारी खाना थियो र सक्रिय भएका हुन?

स्पेनिस फ्लुमा पनि यस्तै अनौथो भएको उनले बताए । सन् १९१८ मा वेस्टर्न सामाओमा करिब ३० प्रतिशत आवादी स्पेनिस फ्लुबाट मरे । तिनीहरूको बाँकी विश्वसँग कुनै प्रकारको सम्पर्क नै थिएन ।

हाछ्युँले होइन ढलका कारण फैलिन्छ
भाइरसको प्रसार बोल्दा, खोक्दा र हाछ्युँ  गर्दा निस्कने थुकका थोपाका कारणले नभएर ढल प्रणाली वा साझा चर्पीका कारण फैलिएको हुनसक्ने डाक्टर जेफर्सनले विश्वास व्यक्त गरेका छन् ।

सबै ठाउँका ढलहरूमा ठूलो परिमाणमा भाइरस रहेको धरै प्रमाण भेटिसकेको र मलका माध्यमबाट यसको प्रसार भएको हुन सक्ने प्रमाणहरू आइरहेको जफर्सनले बताए । ४ डिग्रीसम्मको तापक्रमको ढलमा र सोही तापक्रमको मासुजन्य पदार्थ प्याक गर्ने केन्द्रमा पनि भाइरसको उच्च उपस्थिति हुने गरेको उनले बताए ।

खाद्य कारखाना र मिटप्याकिङ प्लान्टमा यति धेरै प्रकोप किन हुन्छ, यो पत्ता लगाउन नयाँ प्रसारण माध्यमको खुलासा हुन सक्छ । सार्वजनिकरूपमा प्रयोग हुने र चिसो हुने गरेका ट्वाइलेटले भाइरस बढ्न मद्दत गरिरहेको छ भन्ने आफूलाई लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्