पुरस्कारको घोषणा



अभिनेत्री वसुन्धरा भुसालको समामाजिक संस्था भुवन चैत्य वसुन्धरा फाउन्डेसनले यस वर्षका पुरस्कारको घोषणा गरेको छ।

फाउन्डेसनकी अध्यक्ष वसुन्धरा भुसालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस वर्षको पुरस्कार विभिन्न कलाकर्मीलाई प्रदान गर्ने निर्णय गरेको हो। कार्यसमिति बैठकले नेपाली रंगमञ्च तथा फिल्म क्षेत्रमा ६ दशकभन्दा बढी समयदेखि कार्यरत नृत्य निर्देशक भैरवबहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी चैत्यदेवी सिंह पुरस्कार ४ दशकभन्दा बढी समयदेखि रंगमञ्च, फिल्म तथा सामाजिक सेवामा सक्रिय हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई तथा चेतनारायण वसुन्धरा भुसाल पुरस्कार ५ दशकभन्दा बढी समयदेखि रंगमञ्च तथा फिल्ममा सक्रिय अभिनेत्री शकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ। सबै पुरस्कारको रकम जनही एकाउन्न हजार रुपिया“ रहेको छ।

अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्