ट्रम्पको भविष्यवाणीमाथि शंका



वासिङ्टन, (एजेन्सी)

अमेरिकाको औषधी नियमन निकायका अध्यक्ष डा. स्टेफन हानले राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै वर्षभित्र कोभिड १९ विरुद्धको खोप तयार हुनसक्ने भन्ने भविष्यवाणीप्रति आशंका व्यक्त गरेका छन् ।

अमेरिकी खाद्यान्न तथा औषधी प्रशासन ( एफडीए)का अध्यक्ष हानले आइतबार आफूले खोप कहिले तयार हुन्छ भनेर यकिनरूपमा भविष्यवाणी गर्न नसक्ने र खोपको विकास तथ्यांक र विज्ञानमा भरपर्ने विचार प्रकट गरेका छन् ।

यस्ता खोपले मानव शरीरमा भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलका सदस्य डा. हानलाई ट्रम्पले यस वर्षको अन्यत्यपूर्व नै खोप तयार भइसक्ने भनाइबारे प्रतिक्रिया सोधिएको थियो ।

स्वतन्त्रता दिवसको अवसरमा ह्वाइट हाउसमा सम्बोधनका क्रममा ट्रम्पले खोप विकासका लागि अध्ययन र अनुसन्धानमा अहोरात्र खटिरहेका स्वदेश तथा विदेशका वैज्ञानिकहरूलाई धन्यवाद पनि दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्