कैना खोलामा एक पुरुष बेपत्ता



बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोट नलगाड नगरपालिका ४ लहँ औलका ५० बर्षिय शान्त वहादुर सार्कीलाई कैन खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार राति नलगाड नगरपालिका ३ कैना बजारबाट घर फर्कने क्रममा खोला तर्न लाग्दा बेपत्ता भएका हुन । ८ बर्षिय छोरासगै घर फर्कदै गर्दा खोल तर्ने क्रममा शान्त वहादुर सार्की वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताउनु भयो ।

खोला पारि झोला राखेर छोरालाई लिन आउछु भन्दै छोरालाई खोला किनारमै छोडेर गएका शान्त वहादुर सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले वताउनु भयो । बुवालाई खोलाले बगाएको नाबालक छोराले कैन वजारका स्थानियबासीलाई जानकारी गराएका थिए । बेपत्ता भएका सार्कीको स्थानिय बासिन्दा र प्रहरीले खोजि कार्य जारी राखेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले वताउनु भयो ।

कहिले मानिसको ज्यान लिने कहिले ठुलो धनजनको क्षेति पुरयाउदै आएको कैना खोलाले गत वर्ष यसै खोलाले स्थानियको करिव ८ सय रोपनी जमिनमा लगाएको धान खेत झोलुगे पुल, दर्जनौ घट्ट लगाएत मिल बगाएको थियो । केहि दिन अघि झुम्रा खोलामा आएको बाढीले करिव २ सय रोपनी जमिनको धान खेत बगाएको जिल्ला समन्वय समिति जाजरकोटका संयोजनक मन बहादुर रावलले वताउनु भयो ।

केहि वर्ष पहिले बाढी आएपनि मानिसलाई घरवार विहिन वनाउने गरि आउदैन्थ्यो अहिले ठाउँ ठाउँ वस्ती वस्तीहरुबाट मोटरबाटो खन्ने काम तिव्र रुपमा बढेका कारण भिरालो जमिन हुदाँ बाटो खन्दा आएको माटोले बर्षायमको पानीसगै ठुलो वन्दै बगेपछि ठुलो क्षति हुने गरेको संयोजक रावलले वताउनु भयो ।

मोटरबाटो स्थायी नहुदाँ सम्म बर्षायमको समयमा मानिसहरुलाई यस्तै सास्ती हुने संयोजक रावले भन्नु भयो । बर्षायमको समयमा मानिसहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्