खेल पत्रकार सम्मानित



न्युज अफ नेपाल, काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयले ४ खेल पत्रकारसहित १० पत्रकारलाई सोमबार नगदसहित सम्मान गरेको छ । सम्मानित हुने खेल पत्रकारमा अन्नपूर्ण पोस्टका रोशनकुमार सिंह, कान्तिपुर दैनिकका ध्रुवकुमार तुलाधर, नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की र पोखराका केशव पठाक रहेका छन् ।

तुलाधरले राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका लागि पनि काम गरेका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र सचिव रामप्रसाद थपलियाले उनीहरुलाई प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे । पठाक पोखरामा भएका कार्यक्रममा उपस्थित भएनन् ।

सोही अवसरामा विभिन्न सञ्चारमाध्यमका ६ युवा पत्रकारलाई पनि प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्स पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्