स्वास्थ्य वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु



काठमाडौँ ।आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा भएको सम्मेलनमा आज १६ स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन् ।

आज प्रस्तुत गरिएका कार्यपत्रमध्ये अधिकांश कोरोना भाइरस ९कोभिड–१९०सँग सम्बन्धित रहेको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिनुभयो । कोरोना भाइरस ९कोभिड–१९०का कारणले सम्मेलन भर्चुअल ९जुम० बाट गरिएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गर्नुभएको थियो ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले स्वास्थ्य तथा जनसङ्ख्याको क्षेत्रमा भएका अध्ययन अनुसन्धानबाट निस्केको निष्कर्षले सरकारलाई ती क्षेत्रको नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको बताउनुभयो ।

सम्मेलनमा करिब ५०० वैज्ञानिक सहभागी भएका थिए । सम्मेलनमा स्वास्थ्य समता र विकास, कोभिड–१९, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचनालगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

भर्चुअल (जुम)बाट गरिएको सम्मेलनमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम र जर्मनका स्वास्थ्य तथा जनसङ्ख्या विज्ञको समेत सहभागी भएका छन् । उनीहरुले आफ्नो देशमा गरिएको कोभिड–१९ का सन्र्दभमा गरिएको अध्ययन अनुसन्धानबारे अनुभव आदान प्रदान गरेका थिए ।

सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई उत्कृष्ट एक जनालाई अवार्डसमेत प्रदान गरिने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताउनुभयो । सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । परिषद्ले प्रत्येक वर्ष सम्मेलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्