प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका ६ भाइको साथ



न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेताहरुबीच कित्ताकाट सुरु भएको छ । बहुमतको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि पार्टीभित्र नेताहरुबीच कित्ताकाट सुरु भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा अडान राखिरहेको बेला पूर्व माओवादी समुहका नेताहरु पनि प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै ओली कित्तामा उभिएका छन् ।

नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा, प्रभु साह लगायतका नेताहरुले भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने पक्षमा उभिएका छन ।

प्रतिक्रिया दिनुहोस्