कोन्ज्योसोम गाउँपालिकाका इन्जिनियर सहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्धा



न्युज अफ नेपाल, काठमाडौं ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्राविधिक इन्जिनियर शिरोमणी ढकालसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।

गाउँपालिकाको वडा–५ भारदेउमा रहेको बालेश्वरी माध्यमिक विद्यालय निर्माण गर्दा गुणस्तरहिन भएपनि निर्धारित गुणस्तरयुक्त भनी भुक्तानीको लागि सिफारिस गरेर १५ लाख ५७ हजार नौ सय ८२ रुपियाँ हानिनोक्सानी गरेको अख्तियारको अनुसन्धानमा पाईएको छ ।

जसमा इन्जिनियर ढकाल र सब इन्जिनियर अशोक रोकायले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने काम गरेको अख्तियारको दाबी छ । साथै निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने बालेश्वरी मावि भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैयाँ श्रेष्ठ सहित इन्जिनियर र सब इन्जिनियरलाई भुक्तानी भएको रकम बराबरको माग दाबी लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्