विद्युतीय भुक्तानी विस्तार गर्नुपर्नेमा जोड



काठमाडौं, (नेस)

आर्थिक पारदर्शिताका लागि विद्युतीय भुक्तानीलाई विस्तार गर्नुपर्नेमा सरकारवालाले जोड दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश, कोष तथा लेखा व्यवस्थापन विभागद्वारा आइतबार आयोजित डिजिटल इकोनोमीसम्बन्धी वेमिनारमा उनीहरूले सो विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले डिजिटल युग भएको र सूचना प्रविधिले समेत फड्को मार्दै गरेको अवस्थामा पूर्वाधार पुगेका ठाउँमा विस्तारै डिजिटल इकोनोमीको शुरुआत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल इकोनोमीलाई देशव्यापी बनाउँदै लैजानुपर्ने कुरापर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज क“डेलले पुरानो पुस्ता प्रविधिमैत्री नभए पनि नयाँ पुस्ता प्रविधिलाई उपयोग गर्न सक्ने भएकाले सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तर्गत विभिन्न काम गरिरहेको जानकारी दिनुभयो । उहा“ले एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली विकास आयोजनाबारे समेत प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रममा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र साइवर सुरक्षाविज्ञ दिवस न्यौपानेले डिजिटल कारोबारको विश्वव्यापी अभ्यास, नेपालको सन्दर्भ, नेपालमा भइरहेको पहल र आगामी दिनमा सरकारले लिनुपर्ने नीति, निजीक्षेत्रको भूमिकाका साथै चुनौती र अवसरका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्