ए डिभिजन क्लबले पाए महानगरको १० लाख सहयोग



 

न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं महानगरपालिले आफ्नो क्षेत्रभित्र रहेका ए डिभिजन फुटबल क्लबहरुलाई १० लाख रकम सहयोग गरेको छ ।खेलकुद विकास तथा प्रवर्द्धनका लागि महानगरले ए डिभिजनका छ वटा प्रत्येक क्लबलाई १०–१० लाख रकम नगद सहयोग गरेको हो ।

महानगरले ए डिभिजन क्लब मछिन्द्र, मनाङ मर्स्याङ्दी, हिमालय शेर्पा, एनआरटी, संकटा र सरस्वती क्लबलाई १० लाख रकम हस्तान्तरण गरेको थियो । यसअघि महानगरले ए डिभिजन क्लबलाई १० लाख, बी डिभिजन क्लबलाई तीन र सी डिभिजन क्लबलाई दुई लाख दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्