पितृशोकमा कुलमान घिसिङ



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृसोक भएको छ। उहाँको पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा गएराती निधन भएको हो ।

बाथरुम जाने क्रममा बेहोस भएपछि स्वर्गिय घिसिङलाई मेडिकेयर हस्पिटल लगिएको थियो। राति १० बजे उहाँको निधन भएको हो। स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्