११ वर्षीया कंचनका हत्यारा सार्वजनिक



न्युज अफ नेपाल, जनकपुरधाम ।

एघार वर्षीया बालिकाो कंचन कुमारी पंजियारको बलात्कार गरेर हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं।११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंह रहेका छन् । बुधबार चौधरी एण्ड मिश्र इन्ड्रष्टिजमा आँप टिप्न गएकी कंचनलाई सिंहले ललाई फकाई बलात्कार गरी मुख थुनेर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

हत्यापछि सिंहले कंचनको शव बल्यान्केटमा बेरी शुक्रवार बिहान ३ बजेको समयमा दुधमति नदीको पश्चिम क्षेत्रको डिलमा रहेको सिकटको झाडीमा फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्