कोरोना भाइरस चीनबाट सुरु नभएको हुन सक्ने विज्ञको खुलासा



एजेन्सी । 

विश्वब्यापी महामारी बनेको कोरोना भाइरस एसियामा निस्कनु भन्दा अघि अरु ठाउँमा विकसित भइसकेको प्रमाणहरु आइरहेको वैज्ञानिकहरुले बताएका छन् ।

यो चीनबाट शुरु भएको नभएर अनकुल वातावरणका कारण विश्व भरी फैलिएर रहेको हुन सक्ने अक्सफोर्ड युनिभर्सिटीका एक विज्ञले बताएका छन् ।

अक्सफोर्डको सेन्टर फर एभिडेन्स बेज्ड मेडिसिन (सीईबीएम)का वरिष्ठ सहायक अध्यापक तथा न्युक्यासल युनिभर्सिटीका भिजिटिंग प्रोफेसर डा. टम जेफरसनले उक्त तर्क अगाडी सारेको हो ।

गत हप्ता मात्रै स्पेनिस वायरोलोजिस्टले चीनमा यो रोग देखिनु भन्दा ९ महिना अघि सन् २०१९ मार्चमा संकलन गरिएको फोहर पानीको नमुनामा पनि उक्त विषाणु भेटिएको घोषणा गरेका थिए । त्यसैगरी इटालियन वैज्ञानिकहरुले पनि कोरोना भाइरसको पहिलो संक्रमण पत्ता लाग्नु भन्दा केही हप्ता अघि मध्य डिसेम्बरमा मिलान र टरिनको ढलको नमुनामा कोरोना भाइरसको प्रमाण फेला पारेका थिए ।
पहिल्यै रहेको, अनुकुल परिस्थितिमा सक्रिय भएको

भाइरस पहिल्यै विश्वब्यापी छ्यापछ्प्ती भइसकेको र अवस्था अनुकुल भएपछि मात्र संक्रमणका रुपमा ब्यापक फैलिएको डाक्टर जेफरसनले विश्वास ब्यक्त गरेका छन् । यसको अर्थ यो जसरी यति छिटो देखिएको हो त्यसै गरी विलाएर जानेछ ।

सार्स १ कहाँ गए ? यो विलुप्त भइसकेको छ, उनले बताए । त्यसैले हामीले यी कुराहरुका बारेमा सोच्नु पर्छ । हामीले भाइरसको उत्पती र वर्णसंकर बुझ्न भाइरस इकोलोजीको अनुसन्धान थालनी गर्न आवश्यक छ ।

भाइरस पहिल्यै यहाँ थियो भन्ने मलाई लागेको छ , यहाँको अर्थ सबैतिर भन्ने हो । हामी एक निस्क्रिय भाइरस वातावरणिय अुनकुलत परिस्थितिमा सक्रिय भएको देखिरहेका छौं ।

फेब्रुअरीको सुरुवाटमै फकल्यान्ड आइल्यान्डमा संक्रमणको घटना भेटिएको थियो । अब त्यो कहाँबाट आयो त ? त्यतिबेला एउटा पानीजहाज मात्रै साउथ जर्जियाबाट ब्युनस आयर्स पुगेको थियो र यात्रुहरुलाई जाँच गरिएको र ८ दिनसम्म राखिएको थियो । जब उनीहरु वेडडेल सागर हुँदै यात्रामा निस्के, तिनीहरुमा पहिलो संक्रमण देखियो । के यो फ्रोजनबाट सामान्य बनाइएको तयारी खाना थियो र सक्रिय भएका हुन् ?

स्पेनिस फ्लुमा पनि यसतै अनौथो भएको उनले बताए । सन् १९१८ मा वेस्टर्न सामाओमा करिब ३० प्रतिशत आवादी स्पेनिस फ्लुबाट मरे । तिनीहरुको बाँकी विश्वसँग कुनै प्रकारको सम्पर्क नै थिएन ।

हाछ्युले होइन ढलका कारण फैलिन्छ

भाइरसको प्रसार बोल्दा, खोक्दा र हाछ्युं गर्दा निस्कने थुकका थोपाका कारणले नभएर ढल प्रणाली वा साझा चर्पीका कारण फैलिएको हुनसक्ने डाक्टर जेफर्सनले विश्वास ब्यक्त गरेका छन् ।

सबै ठाउँका ढलहरुमा ठुलो परिमाणमा भाइरस रहेको धरै प्रमाण भेटिसकेको र मलका माध्यमबाट यसको प्रसार भएको हुन सक्ने प्रमाणहरु आइरहेको जफर्सनले बताए । ४ डिग्रीसम्मको तापक्रमको ढलहरुमा र सोही तापक्रमको मासुजन्य पदार्थ प्याक गर्ने केन्द्रहरुमा पनि भाइरसको उच्च उपस्थिति हुने गरेको उनले बताए ।

खाद्य कारखाना र मिटप्याकिंग प्लान्टमा यति धेरै प्रकोप किन हुन्छ, यो पत्ता लगाउन नयाँ प्रसारण माध्यमको खुलासा हुन सक्छ । सार्वजनिक रुपमा प्रयोग हुने र चिसो हुने गरेका ट्वाइलेटले भाइरस बढ्न मद्दत गरिरहेको छ भन्ने आफुलाई लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्