ढलको पानीबाट कोरोना सर्दैन : डा. गौतम



न्युज अफ नेपाल, काठमाडौ ।

काठमाडौमा ढलको पानीमा भेटिएका कोरोना भाईरस बिभिन्न अस्पताल लगायतको फोहोर मैलाबाट निस्किएको हुनसक्ने स्वास्थ्य मन्त्रालको अनुमान रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि त्यसबाट मानिसमा सरेको प्रमाणित नभएकाले आत्तिहाल्नु पर्दैन भन्नुभयो । डा. गौतमले ढल सफाई गर्ने कर्मचारीले पुरा शरिर ढाक्ने कपडा, बुट जुत्ता, माक्स, बाक्लो पनजा, टाउकोमा भाईजर हेल्मेट लगाएर फुल पिपिइ लगाउन सल्लाह दिनुभएको छ । उहाँले ढल तथा पानीमा भेटिएका कोरोना भाईरसको अंश भए पनि अन्य खालका भाइरसहरु पनि हुने हुनाले सुरक्षा अपनाउन र हातले नाक मुख नछुन पनि सल्लाह दिनुभएको छ ।

उहाँले फूल पिपिई लगाएर काम गरिसकेपछि पिपिइ खोलेर राम्रोसँग हात धुने र पिपिई पनि राम्रोसँग स्यानिटाइज गरि निर्मुलीकरण गरि धोएर मात्र लगाउन पनि सल्लाह दिनुभएको छ । नेपालमा त्यस्तो अध्ययन भैनसकेको भएपनि हालसम्म विश्वमा गरिएका अध्ययनहरुले ढलको पानीमा भेटिएको कोरोना मानिसमा सरेको पुष्टि भएको छैन भन्नुभयो ।

कुनैपनि भाईरस ढल तथा अस्पतालबाट निस्कने फोहोर पानीमा २ दिनसम्म बाँच्ने हुनाले मानिसले सुरक्षा अपनाउनै बुद्धिमानी हुने डा. गौतमको सल्लाह छ । उहाँ भन्नुहुन्छ— ‘ढलको पानीमा पहिचान भएको कोरोना भाईरसका माध्यमबाट मानिसमा कोरोना भाइरस सर्न सक्ने सम्भावनाको पुष्टि भएको छैन,ढलको पानीमा भाइरसको अंश भेटियो भन्दैमा समुदायमा कोरोना भाइरस फैलियो भनी जटिल अवस्था सृजना भएको भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्