दुई सयको हुलमा आएकालाई कोरोना



हेटौंडा, (नेस)

साउदी अरबबाट करिब २ सय नेपालीसहित नेपाल प्रवेश गरेका मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

इन्द्रसरोवर–४ घर भएका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा–४ कर्रा आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागार्इंले बताउनुभयो । साउदी अरबबाट आएर असार १८ गते हेटौंडा–१० मा रहेको वन विज्ञान अध्ययन संस्थानको होल्डिङ सेन्टरमा बसेका उनको १९ गते हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब परीक्षणका लागि पठाइएको थियो ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । उनीसँगै हेटौंडा आएका २६ जनामा भने कोरोना पुष्टि नभएको र उनलाई १८ गते नै आइसोलेसन वार्डमा राखिएको चौलागार्इंले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्