मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, तीन घाइते



सर्लाही, (नेस)

मोटरसाइकलले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
बरहथवानगरपालिका–११ बाग्मती सिँचाइ आयोजनाको नहरको डिलमा शनिबार राति ना५२प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामप्रवेश मुखियाका १२ वर्षीय छोरा जुगल मुखियाको घटनास्थलमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले सँगै बसेका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतोलाई पनि ठक्कर दिइएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका तीनै जनालाई थप उपचारका लागि वीरगन्ज पठाएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्