स्वास्थ्य बीमा बोर्डका कार्यकारीको राजीनामा



काठमाडौं, (नेस)

नेपाल सरकारले स्वास्थ्य बीमालाई देशव्यापी बनाउने अभियानको उद्घोष गरिरहँदा स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरुले स्वास्थ्य मन्त्रालयको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिँदै छन् ।

पाँच दिनअघि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजीनामा दिनुभएको थियो । त्यसै गरी ३ दिनअघि बोर्ड सदस्य पदबाट डा. सतिशकुमार देवले राजीनामा दिनुभएको छ । दुवै जनाले राजीनामा दिएकै दिनबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले पदाधिकारी तथा सदस्यहरु व्यक्तिगत सुविधामै केन्द्रित भएका कारण स्पष्टीकरण माग गर्दा पदाधिकारीहरुले फटाफट व्यक्तिगत कारण देखाउँदै राजीनामा दिन थालेको मन्त्रालय स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले तीन दिनभित्र जवाफ दिनु भन्दै १३ असार दोस्रोपटक स्पष्टीकरण सोधेपछि पदाधकारीहरु राजीनामा दिँदै जिम्मेवारीबाट बाहिरिन चाहेको स्वास्थ्य मन्त्रालयले स्रोतले जनाएको छ ।

मन्त्रालयले समितिका पदाधिकारीहरु व्यक्तिगत लाभका लागि मात्र लागिपरेकाले स्पष्टीकरण सोधिएको जनाएको छ भने राजीनामा दिने सदस्यले उक्त भनाइमा सत्यता नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्