गोर्खा भर्ती रोकियो



न्इुज अफ नेपाल, धरान ।

पिहिलो पटक बेलायतले गोर्खा भर्ती रोकेको छ ।

कोरोना संक्रमण फैलिरहेका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खाका प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन् । हरेक वर्ष धरान र पोखराबाट हुने गोर्खा भर्ती यस वर्ष भने नहुने भएको हो ।

नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाईसम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नाम दर्ताका लागि मिति तोकिएको थियो । यस्तै, धरानमा २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखरामा ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्