कोरोना संक्रमितका लागि भारतमा बन्यो विश्वकै ठूलो अस्पताल



एजेन्सी ।

कोरोना भाइरस संक्रमितका लागि भारतको राजधानी दिल्लीस्थित हजार शय्याको अस्पताल निर्माण गरिएको छ ।

ठूलो क्षेत्रफलमा निर्माण गरिएको सो अस्पताल कोरोना नियन्त्रणका लागि बनाइएको विश्वकै ठूलो अस्पताल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित देश भारत बनेको छ ।

हालसम्म भारतमा १९ हजार ७ यस जनाको मृत्यु भइसकेको छ भने छ लाख ९७ हजार ८३६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्