बोटलका बिर्कोबाट विश्व किर्तिमान



रियाद (एजेन्सी)

साउदी अरेवियाका एउटा विद्यालयका बालबालिका र शिक्षक तथा कर्मचारीले ३ लाख २३ हजार १ सय ३ वटा प्लाष्टिकका बोटलको बिर्कोबाट ८ हजार ९ सय ८४ दशमलव ६ फुट लामो साङ्लो बनाएर नयाँ गिनिस वल्र्ड रेकर्ड कायम गरेको छ ।

गिनिसले जेद्धा स्थित ब्रिटिस इन्टरनेसनल स्कूलले यस अघि नेडरल्यान्डले राखेको २ लाख ६० हजार ८ सय ६६ वटा बोटलको बिर्को प्रयोग गरिएको साङ्लोको किर्तिमान ताड्न सफल भएको जनाएको छ ।

उक्त विद्यालयको प्लाष्टिक प्रदुषण जागरण अभियान कार्यक्रमको समापन पछि विद्यार्थीहरुले एउटा पुनर्प्रयोजन केन्द«मा लग्ने उद्देश्यले संकलन गरेका बोटलका बिर्कोलाई सो रेकर्ड तोड्ने सिर्जनात्मक कार्यमा प्रयोग गर्ने निर्णय भएको अरव न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्