आन्दोलनका कार्यक्रम फिर्ता लिनुस् : शिक्षा मन्त्री पोखरेल

मन्त्रालयसंग वार्ता शुरु , भोली पनि वार्ता हुने



  • ईश्वरराज ढकाल,काठमाडौं

भोली पनि वार्ता हुने निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले भोली सोमबारबाट अनलाईन कक्षा बन्द गर्ने निर्णय गरेपछि सरकारले वार्ता शुरु गरेको छ । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले सरकारले निजी विद्यालयको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको थियो ।

आन्दालनको तयारी गरिरहेको प्याब्सन र एन प्याब्सनको नेतृत्वले माग पुरा नभए अनलाईन कक्षा बन्द गर्ने कार्यक्रमलाई अघि बढाउने चेतावनी दिएका थिए । भर्खरै सकिएको वार्तामा मन्त्री पोखरेल शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, शिक्षक महासंघका अध्यक्ष वावुराम थापा , अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा अभिभावक संघका सुवास भण्डारी, संस्थागत विद्यालय शिक्षा युनियनका अध्यक्ष होमकुमार थापा एन प्याब्सनका महासचिव सुवास न्यौपाने, प्याब्सनका महासचिव कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

वार्तामा प्याब्सन र एन प्याब्सनले विद्यार्थी भर्नाको लागि अभिलेखिकरण गर्न पाउनुपर्ने, सरकारले सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने र अनलाईन कक्षा सञ्चालन गरेवापत मासिक शुल्क लिन पाउनुपर्ने अडान दोहोर्याएको थियो ।प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले वार्ता पकृयालाई निरन्तरता दिने जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो वार्ताको क्रम निरन्तर जारी रहन्छ । दुवै संस्थाले सरकारले तत्काल निर्णय नगरे अनलाईन कक्षा रोक्ने क्रम अघि बढाईने जनाएका छन् ।यसअघि प्याब्सन र एनप्याब्सनले सबै अभिभावकसंग शैक्षिक सत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिक सत्रमासहयोग गर्न अभिभावकलाई आग्रह गरको थयो ।

सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्तामा बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले वार्ताबाट समाधान खोज्ने विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो ।

प्याब्सन र एन प्याब्सनले शिक्षक कर्मचारीको तलब र घरभाडा , बैक बित्तिय संस्थाको ऋण तिर्न चरम आर्थिक समस्या पर्न थालेको जानकारी गराउदै अभिभावकलाई सहयोग गर्न अपिल गरेका थिए । अभिभावकले शुल्क तिर्ने तयारी गरिरहको अवस्थामा सरकार र निजी विद्यालयको संस्थाबीच विवाद बढेको थियो ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सरकारसंग वार्ता गरेर समस्या समाधान हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । वार्ता गर्दापनि समस्या समाधान नभए थप रणनीति बनाएर अघि बढाउन दुवै संस्थाका अध्यक्षको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्