विद्युतीय भुक्तानी विस्तार गर्नुपर्नेमा जोड



न्युज अफ नेपाल,काठमाडौं ।

आर्थिक पारदर्शिताका लागि विद्युतीय भुक्तानीलाई विस्तार गर्नुपर्नेमा सरकारवालाले जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश, कोष तथा लेखा व्यवस्थापन विभागद्वारा आइतबार आयोजित डिजिटल इकोनोमीसम्बन्धी वेमिनारमा उनीहरुले सो विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले डिजिटल युग भएको र सूचना प्रविधिले समेच फड्को मार्दै गरेको अवस्थामा पूर्वाधार पुगेका ठाउँमा विस्तारै डिजिटल इकोनोमीको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल इकोनोमीलाई देशव्यापी बनाउदै लैजानुपर्ने कुरापर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले पुरानो पुस्ता प्रविधिमैत्री नभए पनि नयाँ पुस्ता प्रविधिलाई उपयोग गर्नसक्ने भएकाले सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तर्गत विभिन्न काम गरिरहेको जानकारी दिनुभयो । उहाँले एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली विकास आयोजनाबारे समेत प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रमा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र साइवर सुरक्षाविज्ञ दिवस न्यौपानेले डिजिटल कारोबारको विश्वव्यापी अभ्यास, नेपालको सन्दर्भ, नेपालमा भइरहेको पहल र आगामी दिनमा सरकारले लिनुपर्ने नीति, निजी क्षेत्रको भूमिकाका साथै चुनौति र अवसरका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्