आज काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौँ ।

आज काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित ३० जनामध्ये २७ जना काठमाडौंँ,२ जना ललितपुर र १ जना भक्तपुरका रहेका छन् ।

आज काठमाडौं जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंका २७ जना सहित आज २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्