दुई सयको हुलमा आएका ब्यक्तिमा कोरोना संक्रमण



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको इन्द्रसरोवर गाउँका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गाउँपालिका–४ घर भएका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रा आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागार्इंले बताउनुभयो ।

साउदी अरबबाट आएर असार १८ गते हेटौंडा–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको होल्डिङ सेन्टरमा बसेका उनको १९ गते हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब परीक्षणका लागि पठाइएको थियो । साउदी अरबबाट करिब २ सय नेपालीसहित उनी नेपाल प्रवेश गरेका थिए ।

उनीहरुबारे कुनै जानकारी छैन । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । उनीसँगै हेटौंडा आएका २६ जनामा भने कोरोना पुष्टि नभएको र उनलाई १८ गते नै आइसोलेसन वार्डमा राखिएको चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्