स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक र सदस्यले किन दिए राजीनामा ?



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल सरकारले स्वास्थ्य बीमालाई देशव्यापी बनाउने अभियानको उद्घोष गरिरहँदा स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरुले स्वास्थ्य मन्त्रालयको व्यवहारप्रति असन्तुष्टि जनाउँदै फटाफट राजीनामा दिदैछन् । पाँच दिन अघि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले राजिनामा दिनुभएको थियो ।

त्यसैगरि ३ दिन अघि बोर्ड सदस्य पदबाट डा सतिशकुमार देवले राजिनामा दिनुभएको छ । दुबैजनाले राजिनामा दिएकै दिएकै दिनबाट लागू हुने गरी राजिनामा दिएका हुन् । स्वास्थ्य मन्त्रालयले पदाधिकारी तथा सदस्यहरु व्यक्तिगत सुविधामै केन्द्रीत भएका कारण स्पष्टिकरण माग गर्दा पदाधिकारीहरुले फटाफट व्यक्तिगत कारण देखाउँदै राजिनामा दिन थालेको मन्त्रालय स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले तीन दिन भित्र जवाफ दिनु भन्दै १३ असारमा दोस्रो पटक स्पष्टीकरण सोधेपछि पदाधकारीहरु राजिनामा दिदै जिम्मेवारीबाट बाहिरिन चाहेको स्वास्थ्य मन्त्रालयले स्रोतले जनाएको छ । मन्त्रालयले समितिका पदाधीकारीहरु व्यक्तिगत लाभका लागि मात्र लागि परेकाले स्पष्टिकरण सोधिएको जनाएको छ भने राजीनामा दिने सदस्यले उक्त भनाईमा सत्यता नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्