पर्यटनमन्त्री भट्टराईले मण्डेला, मनमोहन र कृष्णप्रसादलाई सपनामा भेट्न पुगेको भनेपछि….



न्यजु अफ नेपाल, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गएराती सपना देखेको विषयमा सामाजिक सञ्जाल तातेको छ । उहाँले आफ्नो ट्वुटर ह्याण्डलमा आइतबार सबेरै सपना देखेको ट्वुट गर्नु भएको छ ।

‘किन किन नेल्सन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न पुगिएछ…!’, उहाँले ट्वुटमा लेख्नु भएको छ ।
उहाँको ट्वुटलाई लिएर धेरैले मजाक पनि गरेका छन् भने आक्रोश समेत पोखेका छन् । 

ट्वुटर प्रयोगकर्ता लक्ष्मण बिद्रोहीले ‘मन्त्री भट्टराईको ट्वुटलाई लिएर दिन भरी ओली, ओम्नी र यती, रातभरी मण्डेला, भट्टराई र अधिकारी ?? तिम्रो लिला’, भन्दै आक्रोश पोखेका छन् ।

त्यस्तै अर्का ट्वुटर प्रयोगकर्ता रागी नाम गरेका युवकले सपना पनि समावेशी देख्नु भएछ भन्दै मन्त्री भट्टराईलाई व्यंग्य समेत गरेका छन् । ‘मनमोहन र मण्डेला धुरु धुरु रोए होलान हैन देशको हालत र तपाईको राजनीति र राजनीतिक त्याग देखेर’ भन्दै सुरेन्द्र विष्टले पनि व्यंग्य गरेका छन् ।
शब्दजाल ट्वटर ह्याण्डल चलाउने एक जनाले भिजिट नेपाल सफल पार्न आएका होलान भनी व्यंग्य हानेका छन् ।

प्रतिक्रिया दिनुहोस्