कक्षा ११ का विद्यार्थीलाई पनि आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र



न्युज अफ नेपाल, काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विथोलिएको कक्षा ११ को परीक्षा नलिने भएको छ । यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको हो ।

अब माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तै गरी आन्तरिक मूल्यांकनबाट कक्षा ११ का विद्यार्थीहरुलाई प्रमाणपत्र दिईनेछ । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्