भारतमा कोरोना संक्रमणमा किर्तिमान बृद्धी, तस्रो स्थानमा पुग्ने



नयाँदिल्ली (एजेन्सी)
भारतमा कोरोना संक्रमित संख्या ६ लाख ७३ हजार ९ सय ४७ पुगेको छ । शनिबार किर्तिमान २४ हजार १८ नयाँ कोरोना संक्रमित पुष्टि भएको र १४ हजार ३ सय २७ ले स्वास्थ्यलाभ गरेको छ ।
महाराष्ट राज्यमा मात्रै ७ हजार ७४ मा कोरोना पोजिटिव भेटिएको सरकारी निकायले जनाएको छ । उक्त राज्यमा ८ हजार ६ सय ७१ को मृत्यु भइसकेको छ ।
यसबीच भारत र रुसबीचको संक्रमित संख्यामा केही मात्र अन्तर रहेको छ । आइतबार सम्ममा भारतले रुसलाई उछिनेर संक्रमित संख्याको सुचीमा तेस्रो स्थानमा पुग्ने छ । सुचीमा अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा रहेको छ ।
यसबीच राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले आइतबार ट्विट गरि जानकारी दिएका छन – राजधानीका अस्पतालमा भर्ना हुने विरामीको संख्यामा लगातार कमी आइरहेको छ । धेरै जसो घर मै ठीक भइरहेका छन् । गत हप्ता दैनिक २ हजार ३ सय विरामी आइरहेको थियो । अस्पतालमा ९ हजार ९ सय बेड अहिले खाली छन् ।
कर्नाटकका कुलबर्गीमा आइतबार पुर्ण लकडाउन गरिएको छ । राज्य सरकारले पुरै राज्यमा अगस्ट २ सम्मका सबै आइतबार पुर्ण लकडाउन हुने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्