प्रचण्ड, झलनाथ, माधव नेपाल शीतल निवासमा



न्युज अफ नेपाल, काठमाडौँ ।

आज बिहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शिर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता हुने बताइएको छ ।

स्रोतकाअनुसार आज हुने भनिएको निर्णायक बार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्