जिब्रो चिप्लिने समस्या भएका नेपाली सेलिब्रेटी



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली फिल्म क्षेत्रका धेरै जसो कलाकार अभिनयलाई लिएर भन्दा पनि बोलिलाई लिएर चर्चामा आउने गरेका छन् । कोही होस् नपुर्‍याएर बोल्दा विवादमा तानिएका छन् भने कोही बढी बोलेर । कलाकारको बोल्ने तरीकालाई मध्यनजर गर्दै नेपाल कलाकार महासंघले समेत सम्यमीत भएर आफ्नो कुरा खाख्न आग्रह गरेको छ ।

बोलिका कारण विवादमा आएपछि कलाकारहरुले भने माफी माग्दै जिब्रो चिप्लिएको बताउने गरेका छन् । नेपाली सिनेमाकी चर्चित अभिनेत्री प्रियंका कार्किदेखि हास्यकलकारबाट नेपाली फिल्ममा प्रवेश गरेकी दिपाश्री निरौला समेत आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परेका छन् । जिब्रो चिप्लिने विषयमा नायिकाबीच होडबाजी चलिरहँदा प्रियंका कार्किले हालसम्म भने सबैलाई पछाडि पारिरहेकी छन् ।

प्रियंका कार्कि

अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्किले जिब्रो चिप्लिने विषयमा सबैलाई पछाडि पारेकी छन् । हरेक अन्तर्वार्ताहरुमा उत्साहित देखिने कार्किले एक अन्तर्वार्तामा आफू यूके, यूएस धेरै पटक गइसके तर अमेरिक भने पहिलो पटक आएको बताएकी थिइन् । सो भिडियो सार्वजनिक भए लगत्ते उनी सामाजिक सञ्जालमा हासोको पात्र बनेकी थिइन् ।

लगभग हरेक जसो अन्तर्वार्तामा कार्किको जिब्रो चिप्लिएको हुन्छ नै । यस्तै, अर्को अन्तर्वामामा पत्रकारले राजधानी कुन जिल्लामा पर्छ भनेर प्रश्न गर्दा कार्किले हाँस्दै काठमाडौ भनिन् । त्यसपछि काठमाडौ कुन जिल्लामा पर्छ भन्ने प्रश्नमा उनले बाग्मती भनिन् । छोटो समयमा दर्शकको मन जित्न सफल कार्किले अन्तर्वार्ताको समयमा जोशको साथमा होस गुमाएका देखिन्छ । कयौँ पटक जिब्रो चिप्लिएका कारण कार्कि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छन् ।

दिपाश्री निरौला

हास्य टेलीश्रींखला तीतो सत्यबाट चर्चामा आएकी दीपाश्री निरौला अहिले फिल्ममा समेत व्यस्त देखिन्छिन् । तर केही दिन अघि टेलिभिजन कार्यक्रममा उनले दिएको एक अभिव्यक्तिले भने उनको चर्को आलोचना भएको छ । राजेश हमाल महानायक भएका छन्’ भन्ने प्रश्नमा दीपाश्रीले जवाफमा राजेश हमाललाई महानायक स्यंम पत्रकारले बनाइदिएको हो भनेर प्रश्न गरेकी थिइन् ।

उनको आशय अनुसार राजेश हमाल महानायक नभएको बुझिएको थियो । यस अभिव्यक्तिपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । आलेचनापछि आफ्नो गल्ति स्वीकार्दै उनले माफी समेत मागेकी छन् । विवादमा तानिएपछि दीपाश्रीको आग्रहमा टेलिभिजन च्यानलले युट्युबबाट उनको अन्तर्वार्ता हटाइदिएको छ ।

वर्षा राउत

भारतले मिचेको नेपाली भूमी फिर्ताको विषयमा देशभर कुरा उठेको बेला विवादित अभिव्यक्ति दिएपछि नेपाली चलचित्रर्की लोकप्रिय नायिका वर्षा राउतले समेत चर्को आलोचना खेप्नु परेको थियो ।एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा राउतले सीमाको विषय सरकारको रहेको र यसमा पत्रकारले नै झगडाको परिस्थिती खडा गरिदिएको बताएकी थिइन् ।

दुई देशका पत्रकार मिलेर झगडा पारिरहेका कारण आफूलाई भारतीय साथीसँग सामना गर्न अप्य्यारो भएको राउतले बताएकी थिइन । उनको यस अभिव्यक्तिपछि चौतर्फि आलोचना भएको थियो । जसका कारण वर्षाले आफूले भनेका कुरामा शब्द चयन राम्रो हुन नसकेकाले गलत अर्थ लागेको भन्दै माफी मागेकी थिइन् ।

पूजा शर्मा

नेपाली फिल्मकी सबैभन्दा महंगी नायिकाको सूचीम पर्न सफल अभिनेत्री पूजा शर्मा हालै दिएको एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छन् । उक्त टेलिभिजन कार्यक्रममा उनलाई नेपालमा कति वटा जिल्ला र प्रदेश छन् भनेर प्रश्न गरिएको थियो जसमा उनले १४ जिल्ला र ७२ प्रदेश भनेकी थिइन् ।

आफ्नो देशको जिल्ला र प्रदेशबारे सामान्य ज्ञान पनि नराखेको भन्दै अहिले उनको सामाजिक संजालमा चौतर्फी आलोचना भइरहेको हो । मासिहरुले आफ्नो देशको बारेमा सामान्य ज्ञान जो सुकैलेपनि राख्न पर्ने भन्दै पूजालार्इृ गाली समेत गरेका छन् ।

आस्था राउत

चर्चित गायिका आस्था राउत आस्था राउतले गएको माघमा चर्को आलोचना खेप्नु परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुरतर्फ उड्ने तयारीका क्रममा महिला प्रहरीले आफुलाई दुर्व्यवहार गरेको बताउदै राउतले प्रहरीलाई फेसबुक लाइभमा तथानाम गाली गरेकी थिइन् ।

विमानस्थलमा आफुलाई महिला प्रहरीले दुव्यवहार गरेको भन्दै राउतले प्रहरीलाई ‘डन्ठे’, ‘प्युसा’, ‘प्युपा’, ‘बन्दुके’ जस्ता शब्द प्रयोग गर्दै रिस पोखेकी थिइन् । जसका कारण उनीविरुद्ध पक्राउ पूर्जि समेत जारीगरिएको थियो । चौतर्फी आलोचनापछि राउतले फेसबुकबाट भिडियो डिलिट गर्दैै माफी मागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्