ब्राजिलमा मास्क अनिवार्य कानुन



रियो दि जेनेरो, (एजेन्सी)

ब्राजिलका राष्ट्रपति जाइर बोल्सेनारोले शनिबार कोरोना भाइरस महामारीको दौरान सार्वजनिकस्थलमा मास्कको प्रयोगलाई अनिवार्य बनाउने कानुनको अनुमोदन गरेका छन् ।

तर पसल, चर्च र विद्यालय जस्ता स्थानमा मास्कको प्रयोगका लागि भने उनले आफ्नो विशेषाधिकार नै प्रयोग गरेका छन् ।

बोल्सनारोले सामाजिक सन्जालमार्फत घरमा पनि मास्क नलगाउने मानिसमाथि जरिवाना हुन सक्ने बताएका छन् । सबैभन्दा बढी संक्रमण र मृत्युको हिसाबले ब्राजिल विश्वकै दोस्रो मुलुक भए पनि उनले भने ब्राजिलको कोभिड–१९ महामारीको गाम्भीर्यता स्विकारेका छैनन् ।

त्यहाँ झन्डै १५ लाख मानिस संक्रमित हुनाको साथै फेब्रुअरीको उत्तराद्र्धयता ६१ हजार ८ सय ८४ जनाको ज्यान गइसकेको जोहन्स होपकिन्स युनिभर्सिटीले जनाएको छ । यसअघि अनिवार्य मास्क लगाइनुपर्ने स्थानमा पनि सबैले मास्क नलगाएको बुझिएको छ । राष्ट्रपति बोल्सानारोले गरिबहरूलाई निःशुल्क मास्क वितरणमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्