जापानमा बाढीले १४ को ज्यान लियो



टोकियो (एजेन्सी)
जापानको क्युसु द्विमा अविरल मुसलधारे बर्षाका कारण आएको बाढीले १४ जनाको ज्यान लिएको छ । द्विपमा भिषण बर्षा र भुस्खलनका कारण आम जनजीवन अस्तब्यस्त भएको छ । बाढीका कारण स्थानिय प्रशासनले लाखौंलाई घर छोडेर सुरक्षित स्थान जान आदेश जारी गरेको छ ।
बाढीले पुरयाएको विनासलाई ध्यानमा राखी जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यका लागि १० हजार सैनिक परिचालन गरेको छ । कुमा नदीको जलस्तर अहिलेपनि खतराको स्तर भन्दा माथि रहेको छ । आइतबार थप भिषण बर्षाको पुर्वानुमान सँगै नागरिकलाई सतर्क रहन सचेत गराइएको छ ।
बाढी र डुबानका कारण कुमामोटो र कगोसिमा प्रान्तका लाखौं नागरिक प्रभावित भएका छन् । हिटामोसी, यत्सुसिरो र कुमामाटोका कयौं गाउँका बासिन्दा बाढीले सडक बगाएकोले डुबानमा फसेका छन् । प्रहरी, अग्निसमन कर्मचारी तथा सेनाका जवानले फसेकाहरुलाई बचाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्