किशोरीले फ्रिजबाट यस्ताे ट्विट गरिन्



वासिङ्गटन, (एजेन्सी)

एक किशोरीले आफ्नो घरको स्मार्ट फ्रिजलाई ट्विटरमा पोस्ट गर्नका लागि प्रयोग भएको घटना निकै भाइरल भएको छ ।

आफ्नी आमाले फोन खोसेपछि उनले एलजी ब्रान्डको सो स्मार्ट फ्रिज ट्विटका लागि प्रयोग गरेकी हुन् । डोरोथो नामकी उनले निन्टेनडो डीएस र वी कोन्सोलजस्ता अस्वाभाविक उपकरणबाट ट्विट गरी नया“ फलोअरसमक्ष पुगेकी थिइन् ।

अन्ततः स्मार्ट फ्रिजमार्फत गरिएको ट्विटमा उनले लेखेकी छन्– ‘मलाई थाहा छैन यसले ट्विट गर्छ कि गर्दैन । म मेरी आमाले दिक्कै पार्ने गरी फेरि मेरो मोबाइल थुत्नुभएपछि अहिले म फ्रिजसँग कुरा गर्दै छु ।’

यस अनौठो ट्विटले हजारांै रिट्विट जित्न सफल भएको छ । साथै यसले दशौं हजारको संख्यामा लाइक पाएको छ भने डोरोथोलाई स्वतन्त्र गर भनेर ह्यासट्याग गरिएको छ । एलजीले पनि ह्यासट्याग ट्विट गरेको छ भने ट्विटरले त उनलाई ‘एक आइकन’ नै घोषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्