गोंगबु बसपार्क नजिकैको ग्यारेजमा आगलागी, १२ वटा माइक्रोबस जले



न्युज अफ नेपाल, काठमाडौँ ।

गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ ।

बिहान ३ बजेतिर आगलागी हुँदा ग्यारेजमा रहेको १२ वटा माइक्रोबस जलेको छ । जसमा बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बर आठ वटा माइक्रोबस पूर्ण रुपमा जलेको छ भने चार वटा बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्